Sep 17 2024 | २०८१, असोज १ गते

प्रधानमन्त्रीसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्रीसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
  • प्रधानमन्त्रीसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले हिमालयपार सम्पर्क सञ्जाल दुई देशका लागि महत्वपूर्ण भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । 

    उनका अनुसार प्रधानमन्त्री दाहालले चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सिधा उडानको अपेक्षा गरेको बताए ।

    नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायु परिवर्तनका असरको विषयलाई मुख्य एजेण्डाका रुपमा उठाउने जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसमा चीनजस्ता ठूला मुलुकले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए। विश्वमञ्चमा जलवायु परिवर्तनले पारेको असरबारे नेपालले उठाएका विषयमा समर्थन गर्न पनि उनले आग्रह गरेका थिए ।

    प्रधानमन्त्री दाहालले नेपाल र तिब्बतको सीमामा रहेका नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकारले पहल लिएकामा धन्यवाद दिँदै मित्रराष्ट्र चीनबाट आगामी दिनमा थप सहजीकरणसहित सहयोग प्राप्त हुने अपेक्षा गरे । 

    नेपालमा गएको भूकम्पका समयमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भूकम्पको पूर्व सूचना संयन्त्र विकासमा पनि नेपालले अपेक्षा गरेको उल्लेख गरे । उनले ल्हासा–काठमाडौँ सिधा उडानको तयारीप्रति चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

    एक चीन नीति नेपालको राष्ट्रिय नीति भएको उनले स्पष्ट पारेका थिए । त्यसैगरी प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चीनले गरेको आर्थिक प्रगतिको सराहना गर्दै ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ उनको दूरगामी प्रयास भएको बताएका थिए ।

    भेटवार्तामा प्रधानमन्त्री दाहालले चीनको पूर्वप्रधानमन्त्रीको निधनप्रति  दुःख व्यक्त गरेका छन् । चिनियाँ पक्षले ल्हासा विमानस्थलको एउटा टर्मिनलको काम सक्न बाँकी रहेको र त्यो सकिनेवित्तिकै ल्हासा–काठमाडौँ प्रत्यक्ष उडान हुने प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो ।

    त्यसैगरी सचिव जुनझेङले पूर्वाधार, नेपाल–चीन सम्पर्क सञ्जाल, आर्थिक विकास र पर्यटनका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न चाहेको बताएका थिए । उनले जनताजनताबीचको सम्बन्ध विकासका लागि नेपालको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि दुई देशबीचको विभिन्न तहमा भइरहेका भ्रमणले पुष्टि गर्ने बताए।

    सो अवसरमा सचिव जुनझेङले हालै जाजरकोट भूकम्पमा परी मृत्यु भएकाप्रति चीन सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै अरु थप सहयोग गर्ने विषयमा चीन तयार रहेको बताए । उनले विगतदेखि नेपालले लिँदै आएको एक चीन सिद्धान्तप्रति नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको प्रेस विज्ञ तिमिल्सिनाले जानकारी दिए । यसअघि चीनसँग भएका सम्झौता कार्यान्वयन गरिने विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

    भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द अचार्यलगायतको सहभागिता रहेको थियो । चीनका तर्फबाट नेपालस्थित चिनीयाँ राजदूत छन् सङलगायत प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार