Sep 17 2024 | २०८१, असोज १ गते

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख दिने

भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख दिने

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
  • भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख दिने

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले जाजरकोटका भूकम्पपीडितलाई राहतस्वरुप रु २६ लाख रकम सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले रु २६ लाख रकम सहयोग गर्ने निर्णय गरेको हो । 

    images
    images

    मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले १६ वटै वडाको वडा विपद् कोषबाट रु एकरएक लाख १६ लाख र नगरपालिकाकोतर्फबाट रु १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिए । 

    नगरपालिकाले भूकम्पपीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई र नगरपालिकाभित्र अध्ययन गर्न चाहनेका लागि नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययन व्यवस्थापन गर्ने भएको छ ।

    दैलेखको डुङ्गेश्वर गाउँपालिकाले पनि भूकम्पपीडितलाई रु ५० हजार सहयोग गर्ने बताएको गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार