Sep 17 2024 | २०८१, असोज १ गते

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक २३ २०८०
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ । 

    images
    images

    लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो ।

    इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको छ भने अर्को पेसी २४ मंसिरलाई तोकिएको छ । सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भने पनि काठमाडौँ अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन । यसअघि असोज महिनामा तीनपटक सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार