Sep 20 2024 | २०८१, असोज ४ गते

जसपाको लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट

जसपाको लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २४ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २४ २०८०
  • जसपाको लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट

    रुपन्देही ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदिप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ ।

    images
    images

    त्यस्तै मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल अहिर, सह इन्चार्जमा कृष्णबहादुर सर्तुङे मगर, थरुहट तराई राष्ट्रिय समितिको इन्चार्जमा शिवपुजन यादव र सह इन्चार्जमा इनामुल्लाह फकिरलाई जिम्मेवारी तोकेको छ । बैठकले अकरम पठान, राजकुमार बर्मा, रेनु सिंह, सरोजा बढई, भण्डारीलाल अहिर, शिवपुजन यादव, इनामुल्लाह फकिर र कुष्णबहादुर सर्तुङेलाई लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।

    सोही बैठकले आगामी मंसिर ९ र १० गते रुपन्देहीमा प्रदेशस्तरिय राजनीतिक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकबाट प्रदेश कार्यालय सचिवको जिम्मेवारी प्रदेश समिति सदस्य शिवकुमार चौधरीलाई दिइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी गराए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट