images

Jul 27 2024 | २०८१, साउन १२ गते

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ३० २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , कात्तिक ३० २०८०
  • भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

    दमक  । झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । 

    images

    झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो ।

    उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार