Sep 17 2024 | २०८१, असोज १ गते

चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १ २०८०
  • चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

    हुम्ला । हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् । 

    images
    images

    सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए । उनले भने, “गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् । 

    नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ सुरक्षाकर्मी खटिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार