Sep 08 2024 | २०८१, भदौ २३ गते

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ४ २०८०
  • टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याउने’मा

    काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो ।

    images
    images

    न्यायाधीश चूँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुदा सुनुवाइ हुन नसकेको भएको हो । उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट