Sep 20 2024 | २०८१, असोज ४ गते

एमाले केन्द्रीय समितिको बैठक बस्दै

एमाले केन्द्रीय समितिको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर ५ २०८०
  • एमाले केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौँ । बैठक पार्टी मूख्यालय ललितपुरको च्यासलमा दिउँसो बस्ने एमालेले जनाएको छ । आज बस्ने केन्द्रीय समितिको बैठकमा मुख्यतया एउटामात्र एजेण्डामा केन्द्रीत रहने बताएईको छ ।

    images
    images

    एमालेले मंसिर १४ गतेबाट गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियान एक मात्र छलफलको एजेन्डा रहेको छ ।

    एमालेको पछिल्लो पटक कात्तिक २२ गते बसेको सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म हुने नेताहरूले बताएका छन् ।

    यसअघि एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टी प्रवेश कार्यक्रमका लागि पर्सा जाँदैछन् । पूर्व सांसद तथा जसपाका नेता हरिनारायणप्रसाद रौनियारसहितका नेताहरुलाई एमाले प्रवेश गराउन ओली आज पर्सा जान लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट