Sep 19 2024 | २०८१, असोज ३ गते

टिकटक प्रतिबन्धबारे लिखित जवाफ माग

टिकटक प्रतिबन्धबारे लिखित जवाफ माग

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर ५ २०८०
  • टिकटक प्रतिबन्धबारे लिखित जवाफ माग

    काठमाडौँ । सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो ।

    images
    images

    सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ ।

    उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै  रिट निवेदन दायर गरेका थिए । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट