Sep 20 2024 | २०८१, असोज ४ गते

दुर्गा प्रसाईंको आन्दोलन किन ? फाइदा कसलाई,घाटा कसलाई ? (भिडियोसहित)

दुर्गा प्रसाईंको आन्दोलन किन ? फाइदा कसलाई,घाटा कसलाई ? (भिडियोसहित)

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर ६ २०८०
  • दुर्गा प्रसाईंको आन्दोलन किन ? फाइदा कसलाई,घाटा कसलाई ? (भिडियोसहित)

    काठमाडौँ ।  अहिले बजारको चल्तीका पात्र, आमसंचार र सामाजिक संजाल तताउने पात्र अर्थात् दुर्गा प्रसाई जो अहिले चर्चामा आउनुको कारण धेरै छन्, उनले उठाएका बग्रेल्ती मुद्दा छन् कति आमनागरिकको मुद्दा छन् भने उनको निजि जिन्दगीको मुद्दा पनि उत्तिकै छन् तर केहि मुद्दा भने राष्ट्रिय राजनीति संग जोडिएका पनि छन्।  यहि मंगसिर ७ गते देशव्यापी आन्दोलनको आव्हान गरेका प्रसाई आखिर हुन् को त ? मत र बिमती धेरै छन कोहि समर्थक त कोहि बिरोधी। यो चर्चित पात्र हो चाहिँ को ? यो आम नागरिकको प्रश्न हो ? 

    images
    images

    जिन्दगीको केहि बर्षमा अरबौको सम्पती, मेडिकल कलेज, अस्पताल, हाउजिङ्ग लगायत दर्जनौ सम्पत्तीको मालिक प्रसाईको व्यवसायिक धरातल नेपाली राजनीतिको ठिक उल्टो छ जसै उनको पोर्टफोलियो उकालो ग्राफमा उक्लियो यसको ठिक बिपरित नेपाली राजनीति ओर्लियो तर यिनै प्रसाई भने यिनै राजनीति भित्र कहिले माओबादी कहिले एमाले कहिले राजाबादी बनेर आफुलाई परिचित गराउँदै लगे। लाभ लिए लिएनन उनै जानुन। तर अचम्म त यो छ कि एउटा ब्यक्ति अर्को पार्टीको अर्को ब्यक्ति ब्यक्तिपरक भएर वाकयुद्दले आमसञ्चार र सामाजिक संजाल तातिन्छ तर सत्तासिन दलको सरकार भने घोशीत आन्दोलन प्रती लक्षित बिज्ञप्ती निकाल्दै मौन बसेको देखिन्छ। अर्थात निशेधित क्षेत्रमा आन्दोलन धर्ना नगर्नु माइतीघर देखि बानेश्वर चोकसम्म नआउनु । बस् यत्ति ।

    एउटा पात्रले सामाजिक संजालमा दिएको धारणानै कुनै राजनीतिक मुद्दा बन्छ भने कुरा बेग्लै भयो कि देशमा आन्दोलन छेड्ने तरिका फेरियो ? बुझी साध्य छैन । कहिले टिकटक, युटुब, फेसबुक, ट्विटर, दर्ता नभएका कति अनलाइन पोर्टल के क्यापेनिङ र बिरोधको प्लेट्फर्म फेरिएको हो ? फेरि कुरा गरौं दुर्गा  प्रसाई कै, कहिले ओली र प्रचण्डलाइ मिलाउने सूत्राधार जस्तो देखिने अहिले आएर राजसंस्था र हिन्दु रास्ट्रको मुद्दा बोकेका छन्, कुन लाभको लागि यिनले आफ्नो मुद्दा उठाएका छन् आम नेपाली दोधारमा छन्। प्रसाइँकै आरोप अनुसार  यिनै दल र  सरकार निकट रहदा  मेडिकल कलेजको लाइसेन्स लिए फेरी कसको के स्वार्थ मिलेन संचालन गर्न यिनै दल र सरकारले दिएनन्। बैंक तथा वित्तीय सस्थाबाट ऋणमा ठुलो लगानी गरेका प्रसाइलाई तनाब हुनु स्वाभाविकै होला तर उनको निजि मुद्दा भित्र नेपालका बैंक तथा बित्तिय सस्था र सिंगो सरकारनै जोडेर रास्ट्रिय मुद्दा बन्नुलाई चाहि कतिले आश्चर्य मानेका छन्। 

    उनको व्यवसायिक क्षमताबारे हामी बिषय उठान गर्न जरुरी ठान्दैनौ, किन भने धनी तथा ब्यापारी  हुन् यतिनै पढ्नु पर्छ भनेर कहिँ लेखिएको छैन जस्तै ज्याक मा , स्टिफ जव , मार्क जुकर्बर्ग सयौँ उदाहरण छन।  धेरैले तेर्हथुमको पहाडबाट झापा झरेको युरोपमा मजदुरी गरेर फर्केको केटोले कसरी चमत्कार गर्यो भन्ने जस्ता सस्ता प्रश्न गरेका छन्। खोज्दै हिडे नेपालमै दुर्गा प्रसाई जस्ता हजारौँ व्यवसायिक पोर्टफोलियो भएका उद्यमी भेटिन्छन जो सामान्य पृष्ठभूमिबाट उठेर आफुलाई अब्बल साबित गरेका छन। व्यवसायको आफ्नै संसार हुन्छ आफ्नै गति हुन्छ अनि आफ्नै क्षमता अनुसार बृद्दी र ओरालो यात्रा पनि हुन्छ उदाहरण छिमेकी देशकै माल्या र अम्बानीलाई हेरे भैगो।

    आफ्नो व्यवसायिक ओरालो यात्रा शुरुवात हुने बित्तिकै रास्ट्रिय राजनीतिमा उदाउने हो भने नेपालकै सुधिर बस्नेत,के.एन.शर्मा , इच्छाराज तामाङ्गहरु सबैजना एउटा न एउटा राजनीतिको मुद्दा बोकेर उठ्नु पर्ने, राजनीतिमा उत्पात गरेर देखाउनुपर्ने  तर त्यस्तो होइन।  होला दुर्गा प्रसाइँलाइ मेडिकल कलेज संचालनमा राज्यले अन्याय गर्यो होला उनको ऋणको भारी राज्यले कुनै मोडालिटीमा बोक्दिनु पर्ने होला। सरकारले हस्तक्षेप गरेका धेरै उदाहरण नेपाली उद्योगमा छन् कति सरकारले आफै निजिकरणको नाम सिध्याएको पनि छ हामीले बुझेकै छौँ। तर एउटा व्यक्तिको सम्पती बैंक ऋणको सरोकारले सिंगो देशका राजनीतिक दल र जनता विभाजित हुनु चाहिँ दुर्भाग्य हो भन्छन केहि बुझेकाहरु। उनीहरु भन्छन हिजो २०४६ देखि उनि जसरी व्यवसाय र राजनीतिमा जोडिए त्यतिबेला किन माओबादी र एमालेको झन्डा बोके त ?  राजसंस्था फाल्ने एजेण्डाको पक्षधर उनि होइन र ? धर्म निरपेक्षता संबिधान लेखिदा प्रसाई कहा थिए ? नौटंकीनै सहि हिजो कमल थापाहरुले हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दा बोक्दा प्रसाईँ कहा थिए ?

    अहिले पनि राप्रपाले  राजसंस्थार हिन्दु रास्ट्रको मुद्दा बोकेको छ।  हो जनता चरम निरासामा छन दलहरु आफ्नो अस्तित्वको लडाईमा छन् सहि हो संघियता, प्रदेश खारेज, राजसस्था, हिन्दूरास्ट्र, प्रत्यक्ष्य निर्वाचित प्रधानमंत्री वा रास्ट्रपति, राष्ट्रसभा, समानुपातिक निर्वाचन जस्ता बिषय सबैदलको चिन्ताको बिषय हो सचिने कि सकिने अग्नि परिक्ष्या लिने संघारमा प्रमुख दलहरु पुगेका छन।  बिगतमा गल्ति भयो यसको अर्थ परिवर्तन अबश्य खोजेको छ देशले तर एउटा आन्दोलन राजनितिक कि व्यसायिक कि ? व्यक्तिगत त दुर्गा प्रसाइँको आन्दोलन ? यो जवाफ कसले दिने ?

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट