Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

काठमाडौँमा १० हजार प्रहरी परिचालन 

काठमाडौँमा १० हजार प्रहरी परिचालन 

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ७ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर ७ २०८०
  • काठमाडौँमा १० हजार प्रहरी परिचालन 

    काठमाडौँ । काठमाडौंमा आज नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजार हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले बिहीबार कार्यक्रम गर्दैछन्। युवा संघले तीनकुने र प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने तयारी गरेका हुन्।

    images
    images
    images

    तीनकुने र बल्खु क्षेत्रसहित काठमाडौँ उपत्यकाभित्र बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्।


    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा काठमाडौँ उपत्यका संयुक्त कमान्ड सेन्टर स्थापना गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ।

    तीनकुने र बल्खुमा हुने कार्यक्रममा ड्रोनबाट पनि निगरानी गर्ने प्रहरीको तयारी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली फिल्डमा खटिएका छन्। यस्तै नेपाली सेनालाई भने ब्याकअपको रूपमा राखिएको छ। प्रहरीका अनुसार तीनकुनेमा बिहीबार बिहानदेखि युवा संघका केही कार्यकर्ता भेला भइसकेका छन्। प्रसाईंको कार्यक्रमका लागि भने साढे १० बजेदेखि विभिन्न ठाउँबाट र्‍याली गरी मानिसहरू बल्खु आइपुग्ने कार्यक्रम छ।

    पछिल्लो समय युवा संघ इन्चार्जसमेत रहेका महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप प्रत्यारोप भइरहेको छ। झडप हुन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न रोक्दै माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको थियो। माइतीघर, बानेश्वर, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, मन्त्री निवासलगायत क्षेत्रमा पनि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार