Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
  • आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।
     
    रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि मङ्सिर ९ गते पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार