घरमै नजरबन्दमा दुर्गा प्रसाईं
घरमै नजरबन्दमा दुर्गा प्रसाईं
काठमाडौं । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् ।
तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । प्रसाईंको सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन् ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो , गणतन्त्र मासेर राजतन्त्र फर्काउने उद्घोषसहित मैदान उत्रिएका उनले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।