प्रसाईंको समर्थक बनेर आन्दोलनमा आएका ४२ जना प्रक्राउ
प्रसाईंको समर्थक बनेर आन्दोलनमा आएका ४२ जना प्रक्राउ
काठमाडौँ । दुर्गा प्रसाईंको आन्दोलनमा आएका ४२ जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेहरू अधिकांश पूर्वराजा ज्ञानेन्द्र शाह समर्थक छन् । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का लगायतका ४२ जना छन् ।
खड्का काठमाडौंको फुटुङबाट पक्राउ परेका हुन् । अन्यलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बताए ।