images

Jul 27 2024 | २०८१, साउन १२ गते

कर्णालीलाई हराउँदै बागमती प्रदेश सेमिफाइनलमा

कर्णालीलाई हराउँदै बागमती प्रदेश सेमिफाइनलमा

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर ८ २०८०
  • कर्णालीलाई हराउँदै बागमती प्रदेश सेमिफाइनलमा

    काठमाडौँ । रित गौतम र इशान पाण्डेको उत्कृष्ट प्रर्दशनमा पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको छ। 

    images

    शुक्रबार भएको समूह ‘ए’ को दोस्रो खेलमा कर्णाली प्रदेशलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै बागमती प्रदेश अपराजित रहेर अन्तिम चारमा पुगेको हो। बागमती प्रदेशले दिएको १ सय ९० रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रन बनाउँदा अल आउट भयो।  कर्णालीका लागि अर्जुन घर्तिले बनाएको २४ रन नै सर्वाधिक रह्यो। विपिन शाहीले २१ र ओपनर तथा कप्तान रविन्द्र शाहीले २० रन थपे। दिपेन्द्र रावतले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

    कर्णाली प्रदेशलाई कम स्कोरमा रोक्न बागमतीका कप्तान सन्दीप लामिछाने एक्लैले ३ विकेट लिए। दिपेश श्रेष्ठले २ विकेट आफ्नो नाममा गरे। प्रतिश जिसी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले समान एक विकेट आफ्नो नाममा गरे।  त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८९ रनको योगफल तयार पारेको थियो। 

    दोस्रो विकेटका लागि रित गौतम र इशान पाण्डेले १ सय ४३ रनको साझेदारी गरेपछि बागमती विशाल योगफल नजिक पुगेको थियो। 

    ५९ बलमा १० चौका र २ छक्का हानेका रित गौतम २ रनमा क्याच आउट भए। ३ बलमा ४ चौका र ६ छक्का हानेका इशान ७० रन बनाउँदा क्याच आउट हुन पुगे। प्रतिश जिसी ६ रनमा नटआउट रहे। 

    कर्णाली प्रदेशका लागि दिनेश अधिकारीले ४ विकेट दिए। दिवान पुन र अनुज चुनाराले समान एक विकेट आफ्नो नाममा गरे। 

    बागमती प्रदेशले प्रतियोगिताको पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो टोलीलाई १०९ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो। 

    प्रतियोगितामा सहभागी १२ टोलीलाई चार समुहमा विभाजन गरिएको छ। हरेक समुहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। 

    आजै हुने दोस्रो खेलमा समुह बी का एपीएफ र गण्डकी प्रदेश खेल्दैछन्। सो खेल सोही मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार