images

Jul 27 2024 | २०८१, साउन १२ गते

बबरमहलमा पैदलयात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न मिल्ने

बबरमहलमा पैदलयात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न मिल्ने

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ११ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर ११ २०८०
  • बबरमहलमा पैदलयात्रु आफैँले ट्राफिक लाइट बालेर बाटो काट्न मिल्ने

    काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याइएको छ । जिल्ला अदालत अगाडि यात्रु आफैँले बटन थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो ।

    images

    ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट बिहान १० बजेदेखि सञ्चालनमा ल्याइएकोछ । पैदलयात्रीले लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।त्यसपछि भने दुई मिनेट कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।

    हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । महानगरले काठमाडौँका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार