नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको प्रतिरक्षामा बहस हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको प्रतिरक्षामा बहस हुँदै
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा आज पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका कानुन व्यवसायीले बहस गर्दैछन् ।
काठमाडौँ जिल्ला अदालतले सुनाएको आदेशविरुद्ध गत मंगलबारदेखि उच्च अदालत पाटनमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा निवेदकतर्फका कानुन व्यवसायीले बहस गरिरहेका छन् । हिजो पूर्वगृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यवसायीले बहस सकेपछि आज पूर्वउपप्रधानमन्त्री रायमाझीका कानुन व्यवसायीले बहस थालेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गत असार १ गते थुनछेक आदेश सुनाउँदै रायमाझीसहित १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। प्रतिवादीमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी अभियोग छ । ठगी प्रकरणका अभियुक्त सबैले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा गत साउन १२ गते पुनरावेदन निवेदन दिएका थिए।