दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ
दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ
काठमाडौँ। राष्ट्रि, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर हाल प्रहरी वृत गौशलामा राखिएको उच्च स्रोतले जनाएको छ । सोमबार काठमाडौँको गौशलामा प्रदर्शन गर्ने क्रममा थापा पक्राउ परेका हुन् ।
प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनी पक्राउ परेको प्रहरीको भनाइ छ । थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको बताईएको छ ।
गणतान्त्रिक व्यवस्था उल्ट्याउँदै राजतन्त्र फर्काउने उद्घोषसहित प्रसाई गत ७ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा उत्रिएका छन् । उनले व्यवस्था परिवर्तन नहुञ्जेलसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् ।