images

Jul 27 2024 | २०८१, साउन १२ गते

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १३ २०८०
  • रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । 

    images

    महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

    पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए। उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ । 
       
    पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार