images

Jul 27 2024 | २०८१, साउन १२ गते

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १३ २०८०
  • जसपाले तीन महिने अभियानलाई निरन्तरता दिने

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो ।

    images

    औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । उनले भने, “पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले बैठक तय भएको छैन । उहाँ काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने छ ।”

    विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो । 

    उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताए । उनका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन् । 

    कार्यकारिणी समितिको बैठक बसेर अभियानको म्याद थपेपछि सङगठनको गठन तथा पुनःगठनलाई थप तीव्रता दिइने पार्टीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार