images

Jul 27 2024 | २०८१, साउन १२ गते

एमालेको मध्यपहाडी यात्रा आजदेखि, ओलीद्वारा उद्घाटन 

एमालेको मध्यपहाडी यात्रा आजदेखि, ओलीद्वारा उद्घाटन 

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
  • एमालेको मध्यपहाडी यात्रा आजदेखि, ओलीद्वारा उद्घाटन 

    काठमाडौँ । नेकपा एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु हुँदैछ ।  सो यात्राको उद्‍घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको केन्द्रविन्दु बैतडीको झुलाघाटमा आज गर्ने छन् ।

    images

    एमालेले सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा विभिन्न कार्यक्रम गर्ने बताएको छ ।

    संकल्प यात्राले देशको पहाडी क्षेत्रको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्रमापर्ने राजमार्गको सुरुवाती विन्दु झुलाघाट नै भएकाले आर्थिक, सामाजिक थुप्रै सम्भावनालाई पहिल्याउँदै समृद्धिको बिगुल फुकिने एमालेको दाबी छ । 
    १९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने एमालेले जनाएको छ । 

    जलस्रोतको भण्डार, जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ । 

    नेकपा एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा गर्न लागेको पदयात्रा आजबाट सुरु हुँदैछ ।  

     

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार