images

Jul 27 2024 | २०८१, साउन १२ गते

एमालेको  सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

एमालेको  सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १४ २०८०
  • एमालेको  सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

    बैतडी । नेकपा (एमाले)को   ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि  आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।    

    images

    अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान  नेपाली झण्डा झण्डोत्तोलन  गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका छन् । सो अवसरमा  अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । 
     
    सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको  आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ  । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार