images

Jul 27 2024 | २०८१, साउन १२ गते

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १५ २०८०
  • जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

    काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ । पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि आजदेखि (मङ्सिर १५) आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो ।

    images

    पार्टीका प्रवक्ता डा सरदसिंह यादवका अनुसार मङ्सिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्नेछ ।

    फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पु-याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार