Sep 08 2024 | २०८१, भदौ २३ गते

बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशहरूकै राय बाझियो

बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशहरूकै राय बाझियो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १५ २०८०
  • बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशहरूकै राय बाझियो

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ। न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिए पनि अर्का न्यायाधीश प्रकाश खरेल उक्त आदेशमा असहमति जनाएका छन्।  'खाँणका हकमा प्रतिवादी टेकनारायण पाण्डे र केशव दुलालबीचको मोबाइल म्यासेजन, प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी, टेकनारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसीलाई लेखी दिएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटनाविवरण कागज तथा सहप्रतिवादी टेकनारायण पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको मिति  २०८०/१/२७ को ततिम्बा बयानसमेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अभियोग दाबीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिब आधार देखिएन,' आदेशमा न्यायाधीश खरेलले भनेका छन्। सोही कारण उनला उच्च अदालत नियमावली, २०७३ को नियम १२ बमोजिम खाँणको मुद्दा तेस्रो न्यायाधीश समक्ष पेश हुने भएको हो।    

    images
    images

    राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिएका थिए भने अर्का न्यायाधीश जनकराज पाण्डेले धरौटीमा छाड्नु पर्ने राय दिएका थिए । 

    अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट