Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

प्रधानमन्त्री दाहालले कोप-२८ सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्दै

प्रधानमन्त्री दाहालले कोप-२८ सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्दै

एभरेष्ट हेडलाइन्स
शनिबार, मंसिर १६ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, मंसिर १६ २०८०
  • प्रधानमन्त्री दाहालले कोप-२८ सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्दै

    काठमाडौँ । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सम्बोधन गर्दै छन् । बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्न लागेका हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम तय थियो ।   प्रधानमन्त्री दाहालले आज जलवायु परिवर्तनका कारण परेको असर र प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वान: जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो संकटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदै छ ।

    कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अति कम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो दृष्टिले नेपालका लागि महन्तपूर्ण रूपमा हेरिएको छ । कोप २८ को उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसले नेपाल विश्वकै नजरमा परेको दाहालले बताएका छन् । 

    जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्त्व दिएको तथा वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको दाहालले शुक्रबार आयोजित कार्यक्रममा बताएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार