Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

प्रदेशसभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत

प्रदेशसभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर १९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर १९ २०८०
  • प्रदेशसभामा राजस्व सङ्कलनसम्बन्धी विधेयक प्रस्तुत

    विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् । बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ ।

    images
    images
    images

    उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेस्वरी पौडेल समर्थक थिए ।

    प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिना पछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पु-याउन  माग गरे । प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सभामुखविहीन प्रदेशसभामा  सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराए भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गरे ।
    प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए । 

    सभामा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त विधेय प्रमाणीकरणसम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रबारे जानकारी दिएका थिए। प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार