Sep 19 2024 | २०८१, असोज ३ गते

काठमाडौँमा वायु प्रदूषण बढ्दै, प्रदूषणको मात्रा १०० एक्यूआईभन्दा बढी

काठमाडौँमा वायु प्रदूषण बढ्दै, प्रदूषणको मात्रा १०० एक्यूआईभन्दा बढी

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २० २०८०
  • काठमाडौँमा वायु प्रदूषण बढ्दै, प्रदूषणको मात्रा १०० एक्यूआईभन्दा बढी

    काठमाडौँ । जाडो यामसँगै काठमाडौं र अन्य ठूला सहरमा वायु प्रदूषण बढेको छ । काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा एक सय एक्यूआई (वायुको गुणस्तर सूचकांक)भन्दा माथि पुगेको छ । 
     
    वातावरण विभागको वायु प्रदूषण सूचक यन्त्रमा बुधबार सबैभन्दा प्रदूषित सहर हेटौंडा देखिएको छ । हेटौंडामा प्रदूषणको मात्रा १५१ एक्यूआई पुगेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाका शंखपार्क, कीर्तिपुर, रत्नपार्क, खुमलटार, पुलचोकलगायत स्थानमा प्रदूषणको मात्रा १०५ देखि ११९ एक्यूआईसम्म पुगेको थियो ।
     
    अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांक अनुसार पुलचोकमा १०७ एक्यूआई छ । त्यस्तै शंखपार्कमा ९६, कीर्तिपुरमा ९२, रत्नपार्कमा ८६ र खुमलटारमा ७९ एक्यूआई रेकर्ड भएको छ ।

    images
    images

    विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भने एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने संगठनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार