Sep 17 2024 | २०८१, असोज १ गते

कानुन व्यवसायीको अभावका कारण सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

कानुन व्यवसायीको अभावका कारण सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
  • कानुन व्यवसायीको अभावका कारण सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नोतर्फबाट बहस गर्ने वकिल नभएका कारण मुद्दा हटाएको बताए ।

    images
    images

    ‘हाम्रोतर्फबाट बहस गर्ने वरिष्ठ वकिलहरू नहुनु हुने भयो, सबैजना बार सम्मेलनका लागि चितवन जानु भएकाले आजको मुद्दा हटाउनु परेको हो,’ उनले भने ।

    घिमिरेका अनुसार सन्दीपको मुद्दामा बहसका लागि सम्भु थापालगाय वकिल चितवन रहेका कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । 

    गत २३ कातिकमा अदालतले वहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुनब्यबसायिले लिखितरूपमा बहस नोट अदालतसमक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको मुद्दाले किनारा पाउने विश्वास गरिए पनि पुन मुद्दाको अन्तिम बहस हुन सकेन ।  
    सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले विभिन्न प्रमाणित कागजात माग गर्दै आएको भए पनि गत २३ कातिकमा भने बहस नोट माग गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार