Sep 17 2024 | २०८१, असोज १ गते

सकियो उजुरीकर्तासँग छलफल, प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा हुने

सकियो उजुरीकर्तासँग छलफल, प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा हुने

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
  • सकियो उजुरीकर्तासँग छलफल, प्रस्तावित न्यायाधीशको सुनुवाइ २९ मंसिरमा हुने

    काठमाडौँ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग  छलफल सकेको  छ  । प्रस्तावित ६ न्यायाधीशविरुद्ध ६ जना उजुरीकर्ताले उजुरी दिएका थिए। छलफल सकिएकाले अब प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ २९ मंसिरमा हुनेछ। समितिको आइतबार बसेको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह, युवराज चापागाईं, प्रवीण खनाललगायतसँग जानकारी लिएको हो ।

    images
    images

    न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुईजनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।  प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी,उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान,उच्च  अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना रहेका छन्।

    परिषद्ले वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस गरेको हो । उनीमध्ये न्यायाधीश सुवेदीका नाममा छ, ढुङ्गानाका तीन र मुसलमानका नाममा एउटा उजुरी परेको थियो ।
     
    न्यायाधीशका लागि शैक्षिक योग्यता, वरिष्ठ अधिवक्ता एवं अधिववक्ता हैसियतमा कम्तीमा १५ वर्ष निरन्तरुपमा वकालत, वरिष्ठता, अनुभव र विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता र नैतिक आचार, कानुन व्यवसायमा आर्जन गरेको ख्यातिका आधारमा परिषद्ले उनीहरुलाई छनोट गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार