Sep 17 2024 | २०८१, असोज १ गते

हरिबोल गजुरेलले दिए प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा 

हरिबोल गजुरेलले दिए प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा 

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २४ २०८०
  • हरिबोल गजुरेलले दिए प्रधानमन्त्रीको सल्लाहकारबाट राजीनामा 

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् । उनले मंसिर २० गते नै राजीनामा बुझाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताए ।

    images
    images

    “मैले २० गते राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन,” उनले  भने, “तर, कारण भने अहिले खुलाउँदिनँ ।” गत आम निर्वाचनमा सिन्धुलीमा टिकट नदिएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । सिन्धुली २ बाट निरन्तर जित्दै आएका गजुरेललाई गत चुनावमा टिकट नदिएर माओवादी नेतृत्वले तत्कालिन जिल्ला अध्यक्ष राजन दाहाललाई अघि बढाएको थियो ।

    प्रमुख राजनीतिक सल्लाहकार बनाएर प्रधानमन्त्री प्रचण्डले उनलाई मनाउन प्रयास गरेका थिए । तर, यो पद पनि उनको रोजाइको थियो । उनले कार्यकारी पद अपेक्षा गरेका थिए ।

    स्रोतका अनुसार उनले राजीनामा पत्रमा अहिलेको अवस्थामा यो पदमा बसेर कुनै उल्लेखनीय काम गर्न सम्भव नभएको भन्दै पार्टीको काममा फर्कने उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार