रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अपराह्न संसदीय दलको बैठक बोलाएको छ। बैठक पार्टी कार्यालय चस्मतिमा बोलाइएको सचेतक निशा डाँगीले जानकारी दिइन्। बैठक अपराह्न ४ बजे बस्ने छ।
आजको बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने उनले जानकारी दिइन्। कात्तिक १६ गते संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो।
हिउँदे अधिवेशन सुरू गर्ने समय भएकाले र संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जानकारी दिएको छ।