Sep 17 2024 | २०८१, असोज १ गते

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
  • रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। 

    images
    images

    प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आई स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताए । रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। 

    शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल नवलपरासी आएका हुन् । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । 

    सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रामग्राम स्तुप क्षेत्रको महत्वको चर्चा गरे ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार