Sep 17 2024 | २०८१, असोज १ गते

काठमाडौँ महानगर र संघको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौँ महानगर र संघको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
  • काठमाडौँ महानगर र संघको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।  

    images
    images

    गत भदौ २९ गते महानगर र संघबीच भएको सम्झौताअनुसार  सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।   प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम दिइ  उनीहरूमार्फत खेलाडीलाई सीप सिकाउनु उद्देश्य रहेको महानगरको भनाइ छ । 

    “प्रशिक्षणमा सैद्धान्तिक कक्षासहित एम्बेसी पार्कमा प्रयोगात्मक प्रशिक्षण हुनेछ । साथै सैद्धान्तिक कक्षामा प्रशिक्षकको भूमिका, शारीरिक तन्दुरुस्ती, निर्णायक, ब्याटिङ, बलिङ, विकेट किपिङबारे जानकारी दिइनेछ”, आचार्यले भने । 

    उनिहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक अनिल अधिकारी, क्रिकेट प्रशिक्षक ९लेभल–३० राजु बस्नेत, लेभल–२ का प्रशिक्षकहरु कलाम अली, मनोज कटुवाल, रिकेश लामा, सुजन महर्जन, निर्णायक विनय झालगायतले प्रशिक्षण दिनेछ । 

    प्रशिक्षणसँगै संघले वडा स्तरमा ‘क्रिकेट नेट’ राख्न प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यो काम तीन महिनाभित्र सम्पन्न हुनेछ । यसका लागि महानगरले रु १० लाख उपलब्ध गराउने छ । यसरी उपलब्ध गराइने रकम काम थालनी भएपछि ४० प्रतिशत र बाँकी प्रगतिका आधारमा उपलब्ध गराइनेछ । 

    अनुगमन तथा मूल्याङ्कन समिति वा खटाइएका कर्मचारीले सम्पादित कार्यको समय(समयमा अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ । 

    चालु आर्थिक वर्षमा महानगरले एक टोल एक खेलकुद पूर्वाधार निर्माण तथा समग्र खेलकुद क्षेत्र विकासका लागि स्वर्णिम योजनासहितको कार्यक्रम सञ्चालन गर्नका लागि रु १० करोड ५० लाख रकम विनियोजन गरेको छ  । 

    त्यस्तै एक वडा एक नमूना उद्यान कार्यक्रम सञ्चालन गर्नका लागि रु एक करोड रकम विनियोजन गरेको छ ।  महानगरले चालु आर्थिक वर्षमा विशेष महत्वका साथ दशवटा विषयगत क्षेत्रका गौरवका योजना छनोट गरेको छ । त्यसका लागि रु तीन अर्ब ८० करोड र २५ स्वर्णिम योजनाका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार