Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

देशलाई अप्ठ्यारोबाट निकाल्नकै लागि मिसन– ०८४ भनेका हौं : अध्यक्ष ओली

देशलाई अप्ठ्यारोबाट निकाल्नकै लागि मिसन– ०८४ भनेका हौं : अध्यक्ष ओली

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २६ २०८०
  • देशलाई अप्ठ्यारोबाट निकाल्नकै लागि मिसन– ०८४ भनेका हौं : अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा हुने आम निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने आधार तय गर्न संकल्प यात्रा शुरू गरेको बताएका छन् । देशलाई अप्ठ्यारोबाट निकाल्न ‘मिसन– ०८४’को कुरा गरिएको उनले बताए ।  

    images
    images
    images

    झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी यात्राअन्तर्गत मंगलवार ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमालेको सरकारविना देशमा समृद्धि, सुशासन र स्वाधीनता कायम हुन नसक्ने बताए ।

    ‘हामीले सरकारको नेतृत्व गरेको साढे ३ वर्षमा इतिहासमा कसैले मेट्न नसक्ने र उपेक्षा गर्न नसक्ने काम गरेका थियौं । त्यसपछिको साढे २ वर्षमा विकास निर्माण कार्य ठप्प छ । गठबन्धन सरकारले जनतामा निराशा फैलाउने काम मात्र गरेको छ,’ ओलीले भने, ‘देश फेरि अप्ठ्यारोमा परेको छ । अप्ठ्यारोबाट निकाल्ने तपाईंहाम्रो काम हो । यसै अभियानका लागि मिसन– ०८४ भनिएको हो ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार