Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

२०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर  चिन्ताजनक : प्रधानमन्त्री

२०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर  चिन्ताजनक : प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २७ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर २७ २०८०
  • २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर  चिन्ताजनक : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन् । बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आउनु चिन्ताजनक भएको पनि बताए ।

    images
    images
    images

    ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ’, प्रधानमन्त्रीको भनाइ छ ।

    उनले  नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताए । ‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देश हितको पनि काम गर्न सकिन्छ’, प्रधानमन्त्रीले नेपालमै अवसर रहेको र स्वदेशमै काम गर्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार