Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा जारी

महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा जारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर २८ २०८०
  • महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा जारी

    कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज विहानदेखि निषेधाज्ञा जारी गरेको हो । 

    images
    images
    images

    प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो ।

    “सालिक पुनःस्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखियो”, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, “सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको हो ।”

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार