सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमध्ये २ जनाको संसदीय सुनुवाइ आज
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमध्ये २ जनाको संसदीय सुनुवाइ आज
काठमाडौैँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ। न्याय परिषद्ले सिफारिस गरेकामध्ये आज सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ हुन लागेको हो।
विहान ११ बजेबाट उनीहरुको सुनुवाइ सुरु हुने संसदीय सुनुवाइ समितिका सदस्य जगप्रसाद शर्माले जानकारी दिए। न्याय परिषद्ले सुवेदी र मुसलमानसँगै महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरेको छ।
संसदीय सुनुवाइ समितिले यही मंसिर ९ गते सार्वजनिक सूचना जारी गरी प्रस्तावित न्यायाधीशको विषयमा उजुरी आह्वान गरेको थियो। बाँकी चारजना प्रस्थावित न्यायाधीशको क्रमशः सुनुवाइ हुनेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने प्रावधान छ।