Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
  • भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

    बाजुरा । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको रु १४ करोडमध्ये रु आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको रु १४ करोडमध्ये रु १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो । 

    images
    images
    images

    जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो । सो रकम विपद् व्यवस्थापन कोषमा  पठाइएको उनले बताए । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।  

    प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले उक्त क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुपर्ने भएकाले रकम फिर्ता गर्न  पत्र पठाएको प्रजिअ पौडेलले बताए । प्राधिकरणले बाजुराका भूकम्पप्रभावितका  लागि  अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत रु १४ करोड पठाएको उनले जानकारी दिए। निकासा भएको सो रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका एक हजार पाँच सय नौ प्रभावित परिवारका  लागि रु तीन करोड ७७ लाख सम्बन्धित स्थानीय तहमा पठाइसकेको प्रजिअ पौडेलले बताए ।  

    खप्तड छेडेदह गाउँपािलकामा नौ सय ६६, त्रिवेणी नगरपालिकामा एक सय १३, गौमुल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा दुई सय २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्राधिकरणले गत असोज १६ गते बझाङ  केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार