Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

पूर्व गृहमन्त्री खाँण आज रिहा हुँदै, सम्पत्ति शुद्धीकरण र अख्तियारमा  बुझाउने तयारी

पूर्व गृहमन्त्री खाँण आज रिहा हुँदै, सम्पत्ति शुद्धीकरण र अख्तियारमा  बुझाउने तयारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर २९ २०८०
  • पूर्व गृहमन्त्री खाँण आज रिहा हुँदै, सम्पत्ति शुद्धीकरण र अख्तियारमा  बुझाउने तयारी

    काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    images
    images
    images

    सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन् । तर धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइनेछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।

    उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाखमा छाड्न आदेश गर्दा अर्का न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । न्यायाधीशहरुको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा उक्त प्रक्रियाको सुनुवाइ भएको थियो । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार