सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश
सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । निवेदकहरूको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने देखिएको भन्दै न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले विपक्षीका नाममा बिहीबार अन्तरिम आदेश दिएको हो ।
'कानूनबमोजिम सञ्चालन गर्दै आएको उद्योग व्यवसायमा प्रतिकूल असर परी अपुरणीय क्षति पुग्न सक्ने अवस्था देखिएको हुँदा यसमा सुविधा सन्तुलन निवेदकहरूको पक्षमा विचारणीय देखिँदा स्वास्थ्य विभाग, काठमाडौं महानगरपालिकाद्वारा मिति २०८०/०८/१२ मा जारी गरिएको सूचना प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नू नगराउनू भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ', उच्च अदालतको आदेशमा भनिएको छ । विभागले यही मंसिर १२ गते सूचना जारी गरि २७ गते बुधबारबाट महानगरभित्र सुर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको थियो ।