Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले फहराए नेपालको राष्ट्रिय झण्डा

पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले फहराए नेपालको राष्ट्रिय झण्डा

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस १ २०८०
  • पाँचथरको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले फहराए नेपालको राष्ट्रिय झण्डा

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । 

    images
    images
    images

    बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्यपहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो । 

    सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल एमालेको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा आइतवार सुदूरपूर्वको पाँचथरमा रहेको चिवाभञ्ज्याङमा गएर टुंगिदै छ । गत मंसिर १४ गते थालनी भएको संकल्प यात्रा १८ दिनपछि आइतवार टुंगिन लागेको हो ।  

    शनिवार एमालेले पाँचथर सदरमुकाम फिदिममा यसअघिको अन्तिम सभा गरेको थियो । त्यहाँ आयोजित कार्यक्रमलाई शनिवार दिउँसो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका थिए ।

    जहाँ उनले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिएर एकमनाको सरकार बनाउने ठाउँमा पुर्याउन आग्रह गरेका थिए ।

    आफ्नो जन्मजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनी फिदिम पुगेका थिए । चिवाभञ्ज्याङमा आजको कार्यक्रमसँगै एमालेको सङ्कल्प यात्रा औपचारिक रूपमा समापन हुँदै छ । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार