Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

प्रदेश संरचना खारेजीका लागि आन्दोलन गर्ने राप्रपाकाे घोषणा

प्रदेश संरचना खारेजीका लागि आन्दोलन गर्ने राप्रपाकाे घोषणा

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस ३ २०८०
  • प्रदेश संरचना खारेजीका लागि आन्दोलन गर्ने राप्रपाकाे घोषणा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश संरचना खारेजीका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। तीन दिनसम्म काठमाडौं चलेको केन्द्रीय समिति बैठकले हिन्दु राष्ट्र पुनर्स्थापनाका साथै प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ। राप्रपाले आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गर्ने भएको हो ।

    फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ । सो समितिमा केन्द्रीय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रय सदस्यहरु रहनेछन् ।

    पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा। धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपाले आव्हानसमेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार