सर्वोच्चमा सिफारिश ६ न्यायाधीशको नाम अनुमोदन
सर्वोच्चमा सिफारिश ६ न्यायाधीशको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जना न्यायाधीशको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी,अब्दुल
अजिज मुसलमान,महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना,सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
उनीहरुमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय गर्न बैठक बोलाईएको थियो ।
समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेसँगै राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।