सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ
सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, प्रतिक्विन्टल ६३५ रुपैयाँ
काठमाडौँ । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो। आज सरकारले ६ सय ३५ रुपैयाँ कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन्। आजको बैठकमा मुख्य सचिव वैकुण्ठ अर्यालले कार्य सम्पादनका क्रममा प्रक्रिया, इच्छाशक्ति, ऐन–कानुन र विधिमा देखिएका समस्या र सुधार गर्नुपर्ने कुराहरूबारे प्रस्तुति दिएका थिए।