Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

सिंहदरबारको गेटमा कालो ब्यानर उडाएर श्रमजीवी–पत्रकार सङ्घको विरोध प्रदर्शन

सिंहदरबारको गेटमा कालो ब्यानर उडाएर श्रमजीवी–पत्रकार सङ्घको विरोध प्रदर्शन

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस ४ २०८०
  • सिंहदरबारको गेटमा कालो ब्यानर उडाएर श्रमजीवी–पत्रकार सङ्घको विरोध प्रदर्शन

    काठमाडौँ । श्रमजीवी पत्रकार सङ्घले सिंहदरबारको पूर्वी गेटमा कालो ब्यानर उडाएर विरोध प्रदर्शन गरेको छ । सङ्घका अध्यक्ष जन्मदेव जैसीको अगुवाइमा बेलुनमा कालो ब्यानर राखेर उडाउँदै विरोध प्रदर्शन गरेको हो ।

    images
    images
    images

    श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्नुपर्ने भन्दै ९ बुँदे माग राखी कालो ब्यानर उडाएको हो । गत मङ्सिर २५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई अल्टिमेटम पत्र बुझाए लगत्तै २९ गते एक प्रेस विज्ञप्ति जारी गरी पुस १ गते देखि ८ गतेसम्म विभिन्न सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो । सङ्घका अनुसार सामाजिक सञ्जालमार्फत ९ बुँदे मागको प्रचार प्रसार , हस्ताक्षर अभियान लगायत आज बुधवार बेलुनमा कालो ब्यानर झुन्ड्याएर सिंहदरबारको पूर्वी गेटबाट आकाशमा उडाइएको हो ।

    आगामी विरोध कार्यक्रममा सातै वटा प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, कालो ब्यानर सहित राजधानी काठमाडौँमा धर्ना बस्ने र पुस ८ गते प्लेकाडसहित प्रदर्शन गर्ने तयारी गरेको छ ।

    “विभिन्न सञ्चार गृहहरूमा यतिबेला श्रमजीवीहरू आन्दोलित छन् तर व्यवस्थापन पक्षले माग सम्बोधन गर्नुको सट्टा बेवास्ता गर्ने र राज्यले पनि ताकेता नगर्दा श्रमजीवीहरूको श्रमको मूल्य पाउने अधिकार हनन् भएको छ । अतः यी सबै सञ्चार क्षेत्रका श्रम समस्या निराकरण गर्न हामी जोडदार माग गर्दछौ ।” उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रा जायज मुद्दाको सम्बोधन नभए पुस १ गते आइतवरदेखि हुने सडक आन्दोलनले बाध्य पार्ने विश्वास व्यक्त गर्दै सो आन्दोलनमा साथ समर्थन र सक्रिय सहभागिताका लागि पनि यसै पत्रमार्फत श्रमजीवी पत्रकार आम समुदायमा हार्दिक अपिल गर्दछौ ।”

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार