माओवादी केन्द्रको विधान सम्मेलनमा फागुनमा
माओवादी केन्द्रको विधान सम्मेलनमा फागुनमा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको सचिव गणेश शाहले जानकारी दिए ।
उनका अनुसार बैठकले ७ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की रहेका छन् ।
विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ । विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने सचिव शाहले बताए । स्थायी कमिटी बैठक भने यही पुसको अन्तिम साता बस्ने तयारी रहेको उनले बताए ।