Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

एक वर्ष पुरा भएपछि नयाँ ढंगले काम गर्ने योजनामा छु : प्रधानमन्त्री 

एक वर्ष पुरा भएपछि नयाँ ढंगले काम गर्ने योजनामा छु : प्रधानमन्त्री 

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
  • एक वर्ष पुरा भएपछि नयाँ ढंगले काम गर्ने योजनामा छु : प्रधानमन्त्री 

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्षपछि नयाँ ढंगले काम गर्ने योजनामा रहेको बताएका छन् । उनले सरकारले राम्रो काम गर्न प्रयास गर्दा-गर्दै पनि अहिले कामहरु परिणाममुखी हुन नसकिरहेको बताएका थिए । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले अहिले धेरै परिणाम दिन नसकेको, तर आगामी दिनमा सरकारका कामलाई प्रभावकारी बनाएर लैजाने बताए ।

    images
    images
    images

    बैठकपछि माओवादी केन्द्रका सचिव गणेश शाहले प्रधानमन्त्री दाहालले एक वर्ष पुगेपछि नयाँ ढंगले काम गर्ने योजना बनाएको ब्रिफिङ गरेको बताए । 'सरकारका विषयमा धेरै छलफल त भएन । तर उहाँले छोटो ब्रिफिङ गर्नुभयो,' उनले भने, 'एक वर्ष पुग्दैछ । अब थप परिणाममुखी भएर काम गर्नुपर्नेछ भन्नेमा उहाँ प्रतिबद्ध देखिनुहुन्छ ।'

    उनले बाहिर चर्चा भएजस्तो मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै तयारी नरहेको बताए । 'उहाँले एक्लै मन्त्रीहरु हेरफेर गर्ने कुरा हुदैन । उहाँले फेर्न सक्ने भनेको आफ्नो दलबाट मन्त्री भएकाहरु मात्रै हो,' उनले भने,'त्यसकारण अहिले नै मन्त्रीहरु फेरिने कुरा छैन ।'

    बैठकले माओवादीको जारी 'विशेष रूपान्तरण अभियानु सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । 'अभियानको समीक्षा भयो, अभियानले पार्टी चलायमान भयो । केही हदसम्म राम्रो परिणामहरु देखिएको कुरा आएको छ,' उनले भने, 'हामी आगामी १६ गते अभियानको समापन गर्दैछौँ । त्यसपछि पुसको अन्तिम साता स्थायी कमिटी बैठक बस्छ ।'

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार