Sep 17 2024 | २०८१, असोज १ गते

म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु : मन्त्री किराँती

म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु : मन्त्री किराँती

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस ५ २०८०
  • म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु : मन्त्री किराँती

    काठमाडौँ । आफ्नो एउटा भाषण विवादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किराँतीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन्।  बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किराँतीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत् ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन्।

    images
    images

    मन्त्री किराँतीले हिजो भाषण गर्ने क्रममा भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन्। यदि कसैले देशद्रोह गर्छ भने त्यस्तालाई हतकडी लगाएर जेलमा हाल्नुपर्छ।’  आज उनले आफ्नो अभिव्यक्तिले वहस सिर्जना गरेको भन्दै वहसमा सहभागी सबैलाई धन्यवाद भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौँ। अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो।’

    उनले आफूलाई विभिन्न सयमयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको भन्दै त्यसलाई आफूले सामान्य रुपमा लिएको अभिव्यक्ति दिएका छन्। ‘भन्‍नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,’ उनले भनेका छन्, ‘फेरिपनि भन्छु, अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ। अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार