Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

राष्ट्रियसभा निर्वाचन : माओवादीले माग्यो उम्मेदवारको प्रस्तावित नाम

राष्ट्रियसभा निर्वाचन : माओवादीले माग्यो उम्मेदवारको प्रस्तावित नाम

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
  • राष्ट्रियसभा निर्वाचन : माओवादीले माग्यो उम्मेदवारको प्रस्तावित नाम

    काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ ।

    images
    images
    images

    ‘राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते हुन गइरहेको निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.स.रमोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन सबै प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूलाई निर्देशन पठाउने’, माओवादीले पदाधिकारी बैठकपछि मातहतका कमिटीमा बिहीबार पठाएको सर्कुलरमा भनिएको छ ।

    राष्ट्रिय सभा निर्वाचनमा हुने भागबन्डामा माओवादीले सत्ता गठबन्धनबाट ५ वटा सिट पाउने सम्भावना छ । सोहीअनुसार माओवादीले आफ्नोतर्फबाट उम्मेदवार टुङ्गो लगाउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार