Sep 17 2024 | २०८१, असोज १ गते

विदेशी सहयोगको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे

विदेशी सहयोगको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस ६ २०८०
  • विदेशी सहयोगको सही सदुपयोग हुनुपर्छ : सभामुख घिमिरे

    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । आज शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए ।

    images
    images

    उनले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए । उनले देशको विकास गर्न विभिन्न वैदेशिक सङ्घ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसदमा पेस गर्ने र सांसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए ।

    घिमिरेले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए । सभामुख घिमिरेले विमानस्थलहरू बनाउने कुरामा सफलता हात लागे पनि त्यसको सञ्चालनबारे कुनै ध्यान नपुगेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार